कास्कीमा एक जोडीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ७ पानी पोखरीको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको कास्की प्रहरीले प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापाले आत्महत्या गरेका हुन् । स्थानीयले घाँस काट्ना जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नागडाँडा प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शवको मुचुलका गरेर पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ल्याएको छ । शव हेर्दा एक हप्ता भन्दा बढि भईसकेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलबाट उनीहरु नागरिकता भेटिएको छ भने थप अनुसन्धान शुरु गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै,,राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ता भित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन् ।
सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराए ।
राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।
सांसद गौतमले भने, ‘मैले एउटा त भन्ने पर्ने भो । यो ज्येष्ठ सदस्यले सभापतित्व गर्ने दिगो विकास तथा सुशासन समितिको जतिसक्दो छिटो सभापति आउनु भएर उहाँलाई स्वागत गर्न पाए धेरै खुसी हुने थिँए । मैले केही दिन अगाडि पनि भनेको छु–चार वटा जम्मा समितिहरु छन राष्ट्रिसभामा ।
३ वटा समितिमा सभापति छैनन् । त्यसो भएर यो समयलाई मैले सदुपयोग गर्दै फेरी आग्रह गर्न चाहन्छु–सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महादयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ ।’
उनले फेरि भने, ‘राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानपर्ने हो ? जानुपर्छ । तर, साँच्चीकै ध्यान अध्यक्षको पुगेको छैन भने भन्न पर्ने अवस्था आयो । उहाँले ध्यान दिनुप¥यो । मेरो सुझाव छ–एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस् ।’
त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।














