माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो)

0
3
माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो)
माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो)

माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो) काठमाडौं । झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।पासपोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनोकामना माता कहाँ पुग्छन् । ती माताले जनही १५ सय शुल्क, पुजा सामाग्रीको ४५०, जुत्ता राखेको बेग्लै शुल्क लिएर यो कमाउ धन्दा चलाउँछिन् ।

यो धन्दामा कसैलाई करकापमा त पारिएको छैन, तर सोझा सिधा मानिसहरुको सरलताको दुरुपयोग गर्दै कमाउ धन्दा चाहिँ चलाइएको छ ।मनोकामना माताले कमाउन अवलम्वन गरेको यो कर्मकाण्ड कसरी पूरा हुन्छ त ? यो बुझ्न हामी भिसाको लागि आवेदन नगरेको र डेट एक्स्पाएर भएको पासपोर्ट लिएर माताकहाँ पुग्यौं ।

तोकिएको शुल्क पाएपछि माताले भनिन् – अब भिसा लाग्छ । तर भिसा चाहिँ कसरी लाग्छ त ? भिसाको लागि आवेदन नै दिएको छैन भने ।यीनि हुन् माता मनकामना अर्थात जेनि श्रेष्ठ । काठमाडौंको शोभाभगवती नजिकै उनको घर छ । घरको ढोकामा दुई जना सुरक्षा गार्ड छन् ।उनको घरमा कुनै एजुकेसन कन्सलटेन्सी वा कुनै म्यानपावर कम्पनीको कार्यलय छैन । तर, दैनिक हजारौ युवा पासपोर्ट बोकेर उनको घरमा लाम लाग्ने गरेका छन् ।

मनकामना माता भनिने, जेनिले पासपोर्ट छोएकै भरमा, भाकल गरेकै भरमा विदेश भिसा लाग्ने भनेर छरेको भ्रमका कारण मानिसहरु यो घरमा लाम लाग्ने गरेका छन ।सोझा सिधा मानिसहरुको विश्वासलाई दूरुपयोग गर्दै त्यसलाई कमाउधन्दा बनाएको भन्ने गुनासो प्राप्त भएपछि हामी वास्तविकता बुझ्न बिहीबार शोभाभगवती स्थित उनकै घरमा पुग्यौँ । बिहानै भएकाले भिड कम भएको उपस्थित मानिसहरुले जानकारी दिए ।

मनोकामना माता भनिने जनी श्रेष्ठले के कस्ता आधारहरु विश्लेषण गरेर भिसा लाग्ने आश्वासन दिँदीरहिछिन् भन्ने हाम्रो चासो थियो ।हाम्रो कार्यक्रमका सदस्यसँग रहेको मिति गुज्रिसकेको र कतै भिसाका लागि आवेदन समेत नदिएको पासपोर्ट हामीले मनोकामना माताका अगाडि राख्ने विचार ग¥यौं ।

माताले पासपोर्ट पूजा गरेपछि कति प्रतिशतले भिसा प्राप्त गरे भन्ने कुनै आँकडा छैन ।पासपोर्टमा पूजा गर्दा भिसा लाग्ने कुरा कुनै सनातनी विश्वासमा आधारित पनि छैन । तर पनि यो घरमा यस्तै अन्धविश्वासीहरुको भिड लाग्ने गर्छ ।हामीबाट सेवा शुल्क १५ सय र पुजा सामाग्रीको ४५० लिइ सकेपछि माताले फेरि तीन चार दिनमा १० वटा धुप लिएर आउन भनेकी छिन् ।

१० वटा धुपको मूल्य उनकै घरको पसलमा १ हजार पर्छ । यसरी किनिएको धुप बालेपछि भिसा लाग्ने लगभग निश्चित हुन्छ ।तर यदि दोस्रो पटक १ हजार तिर्दा पनि भिसा लागेन भने के गर्ने ? यो अवस्थामा पनि माताले आफ्नो कमाउ धन्दालाई रोक्दिनन् । तेस्रो पटक त ग्रह शान्ति गर्नु पर्छ भन्दै उनले पाँच हजार रुपैयाँ लिएर आउन भन्छिन् ।

मातालाई कुन पासपोर्टमा भिसा लाग्छ, कुनमा लाग्दैन भन्ने हेक्का पनि छैन । उनले पासपोर्टको मिति समेत हेर्दिनन् । तर उनी आवेदन नै नदिएको अवस्थामा पनि भिसा लाग्छ भन्दै रकम असुली गरिरहन्छिन् ।माताले भनेको खुरुखुरु मान्दै जानेले तीन पटक यहाँ पुग्दा कम्तिमा ७ हजार ९५० रुपैयाँ रित्याइ सकेको हुन्छ ।यी माताको घरमा दैनिक २ हजार ५ सयसम्म मानिसहरु पुग्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here