तपाई कति समय सुत्नुहुन्छ ? आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, बदल्नुहोस् यी बानी

0
1

एजेन्सी । धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ।हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या हुन्छ । हेर्नुहोस् :

मधुमेह: लामो समयसम्म सुत्नुले व्यक्तिको शारीरिक गतिविधि घटाउँछ र उसको चिनीको स्तर बढ्ने खतरा बढ्छ। पीएलओएस जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ९ घन्टाभन्दा बढी सुत्नाले व्यक्तिको शरीरमा चिनीको खतरा बढ्छ।

मुटु रोग: अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार धेरै सुत्दा मुटु रोगको खतरा बढ्छ। यस अध्ययनका अनुसार ९ देखि ११ घण्टा सुत्ने महिलाहरुमा मुटुरोगको सम्भावना ३८ प्रतिशतबढीले बृद्धि हुन्छ ।

डिप्रेसनको सम्भावना: तपाइँलाई यो कुराले आश्चर्यचकित बनाउँछ कि धेरै सुत्नु पनि डिप्रेसनको कारण हुन सक्छ । हालै प्रकाशित पीएलओएसमा प्रकाशित अध्ययनका अनुसार धेरै सुत्नु डिप्रेसनको कारण बन्न सक्छ । यो मात्र हैन, लामो समयसम्म सुत्दा व्यक्तिको दिमाग पनि सुस्त हुन्छ । दैनिक काममा पनि उसको मन लाग्दैन ।

ढाड दुख्नु:जो मानिसहरू एक कुर्सीमा बसेर घण्टौसम्म काम गर्दछन्, यदि उनीहरु लामो समयसम्म सत्दा पिठ्यू, गर्धन र काँध दुख्ने समस्या हुन सक्छ। मोटोपन: लामो समयसम्म सुत्नका लागि शारीरिक गतिविधि नगण्य हुन्छ। व्यक्ति आफ्नो अधिकांश समय खाने, बस्ने वा सुतेर बिताउँछ। जसले मोटोपन बढ्ने समस्या निम्त्याउँछ । यति मात्र होइन, यसको कारणले पाचन प्रक्रिया पनि सुस्त हुन थाल्छ र कब्जियतको समस्याले पनि मानिसलाई दुःख दिन थाल्दछ ।

यो पनि,यी ६ फूलमा पाइन्छ औषधिय गुण, कुन फूलले पार्छ कुन रोग निको ? जान्नुहोस्, तपाई हाम्रो घर आँगनमा कतिथरी फूल छन्। गुलाब, सायपत्री, चमेली लगायत अनगिन्ती । घरको शोभा हो, फूल। घरलाई आकर्षक देखाउनका लागि बार्दली, बगैंचामा फूल रोप्ने गरिन्छ। साथसाथै घरभित्र पनि फूल–विरुवा रोप्ने चलन छ। फूल देख्नसाथ हामी त्यसप्रति मोहित हुन्छौं । प्रकृतिको अनमोल देन हो यो ।

फूलसँग सौन्दर्य र सुगन्ध मात्र हुँदैन, औषधीय गुण पनि हुन्छ। ढकमक्क फक्रिएका फूलहरु देख्दा तपाईंलाई कस्तो हुन्छ ? त्यो भावनालाई तपाईं शब्दमा वायन गर्न सक्नुहुन्न। फूलहरुले स्वभाविक रुपमा हामीलाई खुसी र उमंग दिन्छ। जब ढकमक्क फूलहरु देख्छौं, हामी आफैलाई भुलेर त्यसमा रमाउन थाल्छौं। यसैको खातिर त हामी आफ्नो घर आसपासमा फूलहरु रोप्छौं।

फूलको वखान यतिमा मात्र सकिदैन। फूल हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। मनलाई उमंगित बनाउन मात्र होइन, शरीरका आवरणलाई सुन्दर बनाउन पनि फूल उपयोगी हुन्छ।

प्रकृतिको मोहक रचना हो, फूल। अनि घरको शोभा पनि। फूलले हामीसँग खुसी र उमंग मात्र साट्दैन, स्वास्थ्य लाभ पनि दिलाउँछ। मन्दिरमा चढाउन होस् वा ओखतीको रुपमा प्रयोग गर्न, फूल उपयोगी हुन्छ। धेरै फूल यस्ता हुन्छन्, जहाँ स्वास्थ्य र सौन्दर्यको खजना लुकेको हुन्छ। त्यसमा फाइबर, क्याल्शियम, प्रोटिन, मिनरल्सको भण्डार हुन्छ, जसको जरुरी शरीरलाई हुन्छ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here