कति निस्वार्थ माया,यो उदाहरणीय जोडीको साथ र समर्पण देखेर प्रेरणा दियो(भिडियो हेर्नुहोस्)

0
44

हरेक मान्छेलाई आफूले चाहेको मान्छे भयो भने जिन्दगी जिउन सहज हुने गर्दछ।जिन्दगीमा एउटा केटा मान्छेले केटी मान्छीको साहारा पाउनुपर्छ र केटी मान्छेले केटा मान्छेको सहारा पाउनुपर्छ।त्यसैले त भनिन्छ दाम्पत्री जीवन सुखी भयो भने आनन्दले जीवन काटिन्छ।भनिन्छ,मायाले नै हरेक दुख र सुखलाई काट्दै अघि बढिरहेको हुन्छ।वास्तवमा खुसी हुनको लागि अरु केही पनि चाहिँदैन सिर्फ न्यानो माया र साथ भए पुग्छ।

मायाको परिभाषा विभिन्न तरिकाले दिन सकिन्छ,माया धेरै प्रकारको हुने गर्दछन्।तर दुवैजना शारीरिक असक्तता भएका यी दाइ र दिदीको जोडी देख्दा जोकोहिलाई पनि अचम्म लाग्न सक्छ।उहाँहरूको पनि अचम्म तरिकाले नै एक अर्काको बिहे पनि भएको थियो।त्यहीँ संस्थामा काम गर्ने केही सरहरूको यो जोडी राम्रो छ,एकाअर्कालाई सहयोग पनि हुन्छ भनेर मिलाइदिएका थिए।

उनीहरू दुवैजना अपांग सरोकार क्षेत्र बालाजुमा बस्दै आइरहेका छन्।साथ र माया यति प्रगाढ छ कि उनीहरू एक अर्काकै लागि आफूलाई समर्पित गरिरहेका छन्।एकलाई पर्दा अर्को रुन्छन् र सकेको सहयोग र निस्वार्थ माया दिने गर्दछन्।आमा हुञ्जेलसम्म त जानुकालाई ठीकै थियो तर आमाले अठार बर्षमै साथ छोडेपछि उनी अर्कैको घरमा गएर केटाकेटी स्याहार सुसार गर्ने,भाडाकुँडा माझ्ने जस्ता घरायसी काम गर्दै जिवीकोपार्जन गर्दै आइरहेकी थिइन्।

यता क्षेत्र बहादुरको भने एउटा हात समेत चल्दैन र दुवै खुट्टा चल्न सक्दैनन् र उनलाई पनि ह्वील चेयरकै आवश्यकता पर्ने गर्दछ।उनी र उनको श्रीमती जानुका पनि हातले टेकेर नै हिँडडुल गर्ने गर्दै आइरहेका छन्।यो जोडी अत्यन्तै उदाहर णीय छ,सबैले मन पराएका समेत छन्।यो जोडीको एकअर्काको त्याग,माया र समर्पण देख्दा सबैलाई यस्तो लाग्छ कि संसारमा माया भन्दा ठूलो कुरा के नै पो छ र!कृपया यीनै जोडी सँग गरिएको कुराकानीको भिडियो टुकी नेपालले प्रश्तुत गरेको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here