यिनै हुन् आमा जसले आफ्ना दुइ छोराहरुलाई सलले हातमा बाँधेर संगै नहरमा हामफालिन्, रहेनन् तीनैजना (भिडियो सहित)

0
2

रूपन्देही । पश्चिम-नवलपरासीमा एक महिलाले दुई छोराहरूलाई लिएर नहरमा हाम फालेर बेपत्ता भएकी छन् । मंगलबार दिउँसो २ बजेतिर उनले दुई छोरा लिएर हाम फालेकी हुन्। उनीहरूको शव भने अहिले भेटिएको छ ।

नहरमा हाम फालेको स्थानभन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

दिउसो २ बजेतिर सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिइन् । उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो ।

मानसिक सन्तुलन बिग्रेको उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ। उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। उनले के कति कारणले हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको छ । उनी दुई छोरा र सासुसंग बस्दै आएकी थिइन् ।

https://youtu.be/XOTit0Pd9OQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here