रातारात चम्कियो भाडामा बस्ने सबै नेपालीको भाग्य, रबीकै सहमतिमा बालेनले नै गरे बबाल चमत्कार, काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।
महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’ महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।
घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ । घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।
जातजातिको वर्गीकरणमा मानवशास्त्र = नेपालमा जनगणनाको सुरुआत विक्रम संवत् १९६८ मा भए पनि वैज्ञानिक रूपमा भने २००९–१० सालदेखि मात्र थालिएको हो । यद्यपि हालको राष्ट्रिय तथ्यांक कार्यालयले जातजातिगत विवरण भने २०४८ सालको जनगणनादेखि मात्र लिन थालेको हो ।
यस जनगणनाले नेपालमा बसोबास गर्ने अन्य समूहबाहेक जम्मा ६० जातजातिको विवरण संकलन गरेको थियो । २०५८ सालको जनगणनामा आइपुग्दा यो संख्या बढेर १०० पुग्यो, जसमा २०६८ मा २१ नयाँ जातजाति थपिए ।
नखुलेको जातजातिको संख्या पनि १.०४ प्रतिशत रहेको जानकारी राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशित जनसंख्याको विवरणमा उल्लेख छ । यो जनसंख्याको जातिगत पहिचान स्थापित भएको खण्डमा जातजातिको संख्यात्मक विवरण २०७८ सालको जनगणनामा अझै बढ्नेछ । यस तथ्यलाई राष्ट्रिय तथ्यांक कार्यालयका कर्मचारीहरू पनि स्वीकार गर्छन् । ३० वर्षयता जातजातिको संख्या बढ्दै गएको मात्र छैन, यसले बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक नेपाली समाजमा जातीय वर्गीकरणलाई साँच्चिकै पेचिलो बनाएको छ ।
जनगणनाको परिणाम निष्कासन गर्ने बेला विभिन्न जातजातिका संगठनहरू आफूलाई अलग जातिको पहिचान दिनुपर्ने मागसहित आउने गरेका र त्यसको प्रतिकारमा हामीलाई टुक्र्याइदिनु भएन भनेर आउने अर्को समूह पनि उत्तिकै रहेको भनाइ राष्ट्रिय तथ्यांक कार्यालयका कर्मचारीहरूको छ ।















