स्कुल ड्रेसमै भागेर अन्तरजातीय बिहे गरेको जोडी ,५ बर्ष भो परिवारले अझै स्विकारेनन ( भिडियो सहित )

0
1

स्कुल ड्रेसमै भागेर अन्तरजातीय बिहे गरेको भाइरल जोडी। ५ बर्ष भो परिवारले अझै स्विकारेनन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचार : काठमाडौं –

जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न माग गरेको छ । पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि माग गरिएको हो ।

शाहको बैंक खाता विवरण अनुसार र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार को ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ रहेको छ ।

‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९११० ९५० बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ । त्यस्तै उक्त रकम पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ ।

यसकारण उनीसँग भएको थियो विवाद

चलचित्र अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ब’ला’त्कार मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले आज शाहविरुद्ध ब ,ला त्कार मु द्दा दर्ता गराएको हो ।

१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई ब ,ला ,त्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिकासमेत रहेकी बालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका ब ला ,त्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

त्यस्तै, यौ’न हिं’सा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोहीअनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत माग दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।

शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।

पलको बयान यस्तो : नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले क’र’णी ग’रे’को कुरालाई अस्वीकार गरेका छन् । पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरी बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।

विवाद बढ्दै जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि वादविवाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ । रिसोर्टमा आफूले पीडितलाई मा’दक प’दा’र्थ स’व’न गराई ज’बर’ज’स्ती क ,र ,णी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here