पशुपतिनाथ मन्दिरकाे दर्शन गर्दै ,आजकाे राशिफल हेर्नुहोस, भेटी स्वरुप ॐ लेखी एक सेयर गर्नुहोस मनोकामना पूरा हुने छ!

0
80
पशुपतिनाथ मन्दिरकाे दर्शन गर्दै ,आजकाे राशिफल हेर्नुहोस, भेटी स्वरुप ॐ लेखी एक सेयर गर्नुहोस मनोकामना पूरा हुने छ!
पशुपतिनाथ

पशुपतिनाथ मन्दिरकाे दर्शन गर्दै आजकाे राशिफल हेर्नुहोस भेटी स्वरुप ॐ लेखी एक सेयर गर्नुहोस मनोकामना पूरा हुने छ! आजकाे पञ्चाङ्ग:-

बि.सं. २०७८ साल जेठ १० गते सोमबार ई.सं.२०२१ मे २४ नेपाल सम्बत ११४१ बछलाथ्व त्रयोदशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ११ मिनेट देखि ०६ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।  हेर्नुहाेस् आजकाे राशिफल…………..

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुरुमा पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै अवसर हात पार्न सकिनेछ। साेमवारदेखि खर्च बढ्नेछ र आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ। पारिवारिक भेटघाटले भने मन प्रफुल्लित रहनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। बुधवार र बिहीवार स्वास्थ्यबाधा र केही प्रतिकूल परिस्थिति आउन सक्छ। तापनि, सप्ताहान्तमा धेरैको भलाइ हुने कामसमेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सुरुमा आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा पनि राम्रै उपलब्धि हातपार्न सकिनेछ।  सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। तर अरूलाई दिएको वचन पूरा गर्न नसक्दा समस्या पर्नेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ। प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रारम्भमा घरेलु समस्या देखापरे पनि जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। पारिवारिक असमझदारीले काममा केही बाधा उत्पन्न गराए पनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। बीचमा विशेष उपलब्धिका साथै मनग्य धन लाभ हुनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। विदेशयात्राको अवसर जुट्न सक्छ। स्वास्थ्यका लागि भने सजग रहनुहोला।सप्ताहान्तमा विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोमवार र मंगलवार पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि उचित समय प्रतीक्षा गर्नुपर्ला। बुधवारदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा पनि फाइदा नै हुनेछ।  लगनशीलताले सफलता दिलाउनेछ। कामले प्रतिष्ठा दिलाउनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। आस मारेको फलले पुनः आशा जगाउनेछ। सप्ताहान्तमा शत्रुभाव राख्नेहरूबाट सजग रहनुहाेला।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । साता केही उतारचढावमय रहनेछ। विभिन्न अवसरका साथै चुनाैती पनि एकसाथ आउन सक्छन्। जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूलाई पछि पार्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै लाभ उठाउन सकिनेछ।  तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न पनि सकिनेछ। तर, आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूले दुःख दिनेछन्। परिस्थितिवश उद्याेग, पेसा र व्यापार–व्यवसायमा धेरै समय दिन नसकिए पनि अध्ययनमा राम्राे प्रगति हासिल गर्न सफलगा मिल्नेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) याे साता अवसर र चुनाैती बराबर आउनेछन्। प्रारम्भमा अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। तर मिहिनेतले काममा प्रगति पनि हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। श्रमले धन आर्जन हुनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ। स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । बुधवारदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। तापनि साथीभाइले हौसला प्रदान गर्नेछन्। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सप्ताहान्तमा सहयोगीहरूले साथ दिए पनि साइनो गाँस्नेहरूबाट भने सजग रहनुपर्ला।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । प्रारम्भमा फजुल खर्च बढ्नेछ भने संघर्ष र दौडधुपमा समय बित्नेछ। तापनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। लगनशील बन्दा विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ तथा कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। तर, साताकाे अन्त्यतिर वादविवादले केही समस्या निम्त्याउला। हठ तथा बलजफ्ती गर्ने बानीले अप्ठ्यारोमा पार्न सक्छ। अरूको भरपर्दा नियमित काममा पनि धोका हुन सक्छ। अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रारम्भमा विशेष अवसरका साथै दिगाे फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार समेत बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले काममा उत्साहित भइनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। लेखन र अध्ययनमा प्रगति हुनेछ। सप्ताहान्तमा व्यावहारिक अन्याेल चिर्दै काम गर्न सकिनेछ।  स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज पनि बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट गर्न पाइनेछ। केही खर्चिलो काममा लगानी गर्नुपरे पनि पुरानो पद्धतिमा सुधार ल्याउन सफलता मिल्नेछ।  आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा केही फजुल खर्च गर्नुपर्ने हुन सक्छ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि साेमवारदेखि स्थिति अनुकूल बन्नेछ। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। बुधवार र बिहीवार विवादास्पद काममा जुट्नुपरे पनि समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम बन्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। आयस्रोत सबल बन्नेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  प्रियजनसँग भेटघाट हुनाले साताको प्रारम्भ रमाइलो रहनेछ। तर सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपान र रहनसहनमा सजग रहनुहोला। अर्थ अभावका बीच विवादास्पद कामको बोझ थपिन सक्छ। तापनि परिस्थितिले सिकाएकाे ज्ञान सफलताकाे कारक बन्नेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ, भाग्यले साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। काम बन्नाले आयस्रोत पनि सबल हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

(राशिफलले जे जसो भनेपनी तपाईको दिन शुभ, शुखद र उत्कृस्ट बनोस हाम्रो तर्फबाट अनगिन्ती शुभकामना। आफुले पढ्इसकेपछी अरु पाठकको जानकारिका निम्ती सेयर गर्नुहोला।)

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here