निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

0
43
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

काठमाडौं । निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री! प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई को’राना भाइ’रसविरुद्धको खोप लगाइने बताएका छन‍।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एमाले निकट पत्रकारहरुसँगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । ओलीकाका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसँग छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन को मिति तोकिएको छ । नेपालमा को’भिड–१९ विरुद्धको को’भिशिल्ड र भे’रोसेल खोप लगाइएका छन् ।

अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । दुई डोज नै खोप लगाइसकेका व्यक्तिमा पनि को’रोना भाइरसको स’ङ्क्रमण देखिएको छ भने केही ज्यान समेत गु’माइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here