नि-षेधाज्ञा उपत्यकामा थप क’डाइ हुँदै, तरकारी पसल पनि बन्द, लगाएत कसैलाई घरबाहिर निस्कन नदिनेसम्म हुन सक्ने

0
121
हामी धेरैको चासो, के आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा होला त ?

काठमाडौं । नि’षेधाज्ञा उपत्यकामा थप कडाइ हुँदै, तरकारी पसल पनि बन्द, लगाएत कसैलाई घरबाहिर निस्कन नदिनेसम्म हुन सक्ने! म-हामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नि-षेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

भा’इरस सं’क्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले नि’षेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । दोस्रो लहरको सं’क्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा नि-षेधाज्ञालाई जारी राखिने भएको हो।

जेठ १३ पछि नि’षेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए। गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार नि’षेधाज्ञा लागू छ। सुरुमा एक हप्ता नि’षेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन्।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए। ‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन्। तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।

‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने । नि’षेधाज्ञालाई थप क’डाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र नि’षेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको नि’षेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ । यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ।

गृह मन्त्रालयमा छलफल हुने र त्यसबाट ती निकायमा सीमित जनशक्ति मात्र उपस्थित गराउनेबारे निर्णय हुने पराजुलीले बताए।  यहीबीचमा को-रोना सं’क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश जारी भएको छ। अध्यादेशअनुसार सं’क्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ। अध्यादेशले का’रबाही तथा जरिवाना बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here