आज बुधबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।
याे पनि, मेरो मौनतालाई धेरैले मेरो कम्जोरीको रुपमा लिए , त्यसैले आज बोलेको छु भन्दै सबै कुरा खाेलिन नायिका स्वेता खड्काले (भिडियो हेर्नुस्) । सिन्धुपाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आ`रोप लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन टेलिभिजन अन्तरवार्तामा पुगेकी छन् ।
उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् । माझी बस्ती ऋणमा डु`वेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिकाटिप्पणी भएको थियो । श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् ।
उनका पूर्व तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मस्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि सकिएको छ । तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाटस माथि टिप्पणी गरिएको हो ।
उनले श्वेता श्री फाउण्डेशनको नाम पनि परिवर्तन गरेर श्वेता मात्र राखेको र वस्ती निर्माणको कामवाट समेत हात झिकेको आ`रोप लगाइएको थियो । उनले विवाहमा गरेको तामझाम र माझी बस्तीमा लागेको ऋणलाई पनि जोडेर टिप्पणी गरिएको छ । उनले यि सबै आरोपको जवाफ अन्तरवार्तामा दिएकी छन् ।
कार्यक्रम यक्ष प्रश्नमा उनले, माझी बस्ती आफ्नो नभएर माझी बस्तीको बताएकी छन् । जहिले सम्म श्वेता बाँचिरहन्छ त्यतीञ्जेल माझी बस्तीलाई ऋण मुक्त बनाउने बताएकी छन् । उनले आफ्नो मान हा नी हुनेगरी टिप्पणी आएकाले बोल्नै पर्यो भनेर अन्तरवार्ताको लागि आएको पनि बताएकी छन् ।















