दोहोरी गायिका दिलमायाको शं’कास्पद मृ’त्युको अनुसन्धान सकियो

0
2

काठमाडौं :

दोहोरी गायिका सुनारको शंकास्पद मृत्युको अनुसन्धान सकिएको छ । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम सुनारको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धान सकिएको बताए ।

प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै संकेत देखिएको थिएन । तर राति कोठामा सँगै रहेका प्रेमी गोठाटारका सूर्य श्रेष्ठ फरार रहेको खुलेपछि घटना शंकास्पद बनेको थियो ।

शंकास्पद बनेसँगै पछि पोष्टमार्टम गर्दा पोष्टमार्टम प्रतिवेदनले पनि घाँटीमा डोरी जस्तो वस्तुले थिचिएकै कारण मृ त्यु भएको रिपोर्ट दिएको थियो । तर प्रतिवेदन आउन अगावै परिवारले श्रेष्ठविरुद्ध ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here