गुल्मी :
गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं ८ को भलेका भन्ने ठाउँमा करिब १४ महिना अगाडी दुबई गएका हिराबहादुर सार्की अहिले बे पत्ता अवस्थामा छन् ।तर हिराबहादुरका एकजना साथीले उनको मृ त्यु भयो भन्दै एउटा मानिस झुन्डिएको फोटो पठाएका छन् ।
यसरी श्रीमान हराउनु र म रेको मानिसको तस्वीर आउनुले परिवारलाई यतिबेला उनी जिउदो छन् या म रिसके भन्ने छुट्याउन निकै गाह्रो परेको छ ।घरमा खानको लागि उपयुक्त पैसा पनी छैन न छ राम्रो बस्ने ठाउँ ।
अहिले परिवारका सदस्यहरु रुदा रुदा निकै थाकिसकेका छन् ।आफ्नो मान्छे ठाँउमा नभएको हुँदा र पैसाको कमीले गर्दा पनि श्रीमानको अवस्था के छ भन्ने थाहा पाउन उनीहरूलाई गाह्रो बनेको हो ।भिडियो हेर्नुस् :















