भ्रष्टाचार अहिले हरेक कार्यालयमा छ । स्थानीय जनप्रतिनिधि समेत यसमा मुछिएका छन् । एक मेयरले गरेको भ्रष्टाचारको सूचना कार्यालयका कर्मचारीले नै पत्रकारलाई दिएको आरोप लगाएर एक कर्मचारीमाथि धु’लाई भएको छ । यो घटना धनुषामा भएको हो ।
त्यहाँ पत्रकारलाई सूचना दिएको भन्दै जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई हात पात गरेका हुन् । नगरप्रमुख दासले नगरपालिकामा हुँदै आएको अनियमितताको विषयमा जानकारी गराएको भन्दै नगरपालिकाका कर्मचारी चन्देश्वर ठाकुरमाथि उनकै कार्यकक्षमा हात पात गरेका हुन् । नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका–५ का शत्रुधन राय र अंगद रायले समेत उनीमाथि हातपात गरेको आरोप छ ।
शत्रुधन वडाध्यक्ष पदका लागि समेत लडेपनि चुनाव जित्न भने सकेका थिएनन् । नगरप्रमुखबाट कु टा इ खाएका कर्मचारी ठाकुरले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला नगरप्रमुख दास र उनका दुई जना कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन् । उनले भने, ‘म कार्यालयमा काम गरिरहेको थिएँ, मेयरले हात पात गरेपछि सँगै आएका कार्यकर्ताले पनि थपे।’
केही दिनअगाडि बाख्रा वितरणमा व्यापक अनियमितता भएको समाचार बाहिरिएको थियो । सोही विषयलाई लएर प्रमुख दासले हात पात गरेका हुन्। हातपात भएका कर्मचारी ठाकुर कृषि अधिकृतका रूपमा ४ वर्षदेखि विदेह नगरपालिकामा कार्यरत छन् । मेयर दासले कमिसन मागेको तर आफूले अनियमितता नगर्ने भनेपछि कार्यकर्ता बोलाएर पि ट्न लगाएको उनले बताए । उनले आफूमाथि भएको हातपातबारे प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी दिए पनि उनले कुनै रेस्पोन्स नलिएको बताए । यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार साहले नगरपालिकामा कुनै कर्मचारीमाथि हात पात नभएको दाबी गरे ।















