आमा मुना मगरले सात वर्षीय छोरी मञ्जरी मगरलाई सँगै जङ्गल लिएर जान्छिन् तर आमा मुना मगर घर फर्किन्छिन् तर छाेरी घर फर्किन्न। घर बाट सँगै सिलौटो खोज्न जङ्गल गएका आमा छोरीमा आमा मात्रै घर फर्किन्छिन्। छोरी हराएपछि गाँउ भरि सबैलाई सौतेनी आमा मुना मगरले छाेरीको बारेमा सोध्छिन् तर कुनै अत्तोपत्तो लाग्दैन।
त्यसपछि छाेरी हराएको भोलि पल्ट जङ्गल नजिकैको सानो खोलामा सात वर्षिय बालिकाको ला श भेटिन्छ। त्यसपछि घटनाले निकै नै शंकास्पद मोड लिन्छ र अनुसन्धानको क्रममा मृ त सात वर्षीय बालिका मञ्जरी मगरको घाँटी र कानमा डामहरू भेटिन्छन्।
यसरी सरसर्ती हेर्दा खेरि आखिरी यो मृत्यु नभएर ह त्या नै भएको बुझिन्छ र यसमा पूर्ण संलग्नता सौतेनी आमाको देख्न सकिन्छ तर सौतेनी आमाले भने आफूले त्यस्तो कुकर्म नगरेको र त्यस्तो गर्न पनि नसक्ने भनेर बताउँदै आएकी छिन्।
ती मृत बालिका मञ्जरी मगरको आफ्नै आमा भने पैसा कमाउनका लागि भनेर सिमला गएकी रहेछिन्। त्यसपछि मञ्जरी मगर सौतेनी आमा सँग बस्दै आएकी रहेछिन्। गाउँलेका अनुसार पनि मृ त बच्चाको लाश हेर्दा कुनै पनि हालतमा उक्त बच्चा आफैं नमरेको र पक्कै पनि मा रेर फालिएको भन्ने आशङ्का गरेका छन्।
भिडियो हेर्नुस्














