आजभोली महिलाहरुको रह स्यमय निधनले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको शव कोठाभित्र फेला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको शव फेला परेको हो । ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृत फेला परेकी हुन् । उनी सलमा झुण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए । घटनास्थल र शवको प्रकृति संकास्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए ।
शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । भिडियो हेर्नुहोस














