पल शाह प्रकरणमा गायिकाका बाबुले बयान फेर्दै भने, “पललाई दुख दिएर हामिलाई शान्ती हुँदैन”

0
1

अभिनेता पल शाहीविरुद्द ज ब र ज स्ती क र णी को आरोपमा जाहेरी दिएका पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा आज बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् ।

पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उनले आइतबार अदालतमा बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।

पलको पक्षबाट मुद्दा लडिरहेका वकिल कमला मोहन वाग्लेले पीडितका बुवाले पनि होस्टाइल भएर बकपत्र गरेको बताए । बकपत्रको ब्यहोरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत दबाबमा पारेर झूटो जाहेरी दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जाहेरीमा भएको जस्तो वारदात केही भएको होइन ।’

‘पीडित’ का बुवाले आफूलाई दबाब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।अधिवक्ता वाग्लेले अभिनेता पललाई अदालतले सफाइ दिन सक्ने सम्भावना बढेको बताए । यद्यपि, बकपत्रभन्दा बाहेक भौतिक प्रमाणलाई हेरेर न्यायाधीशले निर्णय लिन सक्ने उनको स्वीकारोक्ति छ ।

‘अदालतले भौतिक प्रमाणलाई आधार बनाएर पनि न्याय निरूपण गर्न सक्छ । तर यो मुद्दामा भौतिक प्रमाण पर्याप्त छैनन् । ब र ज स्ती क र णी को भएको थियो भने केटा र केटीबीच झगडा हुने, एकले अर्कालाई पिट्ने, कराउने, लुगा च्यातिने आदि हुनुपर्थ्यो । त्यस्तो नभएको हुँदा अदालतले हाम्रो पक्षमा फैसला गर्ने आशा छ,’ उनले भने ।

वाग्लेले भौतिक प्रमाण नभएको दाबी गरे पनि पल स्वयम्ले गायिकासँग सम्बन्ध राखेको स्वीकारोक्तिको अडियो अदालतमा सुरक्षित छ । उक्त अडिओमा भएको आवाज पलकै भएको पुष्टि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here