लिभिङ टुगेदरमा बसेका श्रीमान फ रार भए,श्रीमतीले हात का टेर म र्ने प्रयास गर्दा यस्तो भयो (भिडियो हेर्नुस्)

0
2

आजभन्दा करिब पाँच बर्ढ अगाडि वैदेशिक रोजगारीका लागि बिदेशिएकी झापाकी एकजना चेली सीता लिम्बू जो नन्दा लिम्बुको नामले पनि विदेशमा चिनिने गर्दथिन्।उनले झापाकै एकजना आकाश क्षेत्री नाम गरेको व्यक्तिसँग दुवइमा एउटै कम्पनीमा काम गर्ने क्रममा चिनजान भयो र उनीहरू बीचको सम्बन्ध दिनदिनै प्रगाढ बन्दै गयो।

त्यी युवती सीता लिम्बू यसभन्दा अगाडि कै उनको पूर्व श्रीमानसँग सम्बन्ध बिग्रेको कारण आफ्ना दुईओटा छोराहरू माइतमै छोडेर उनीहरूको लागि भन्दै बिदेशिएकी थिइन्।तर आकाश क्षेत्री भने अविवाहित युवा थिए यद्यपि उनीहरू बीच सम्बन्ध बिस्तारै प्रगाढ बन्न थाल्यो र उनीहरूले अन्त्यमा आफ्नो सम्बन्धलाई विवाह सम्म पुर्‍याए।त्यी युवतीले बताएअनुसार उनले आफ्नो बिगत सबै बताएर नै बिहेको टुङ्गो भएको हो।

पहिले उनीहरू दुबैजना एउटै कम्पनीमा काम गर्ने भएतापनी पछि केटाले सल्लाह अनुसार नै अर्को कम्पनीमा काम गर्न थाले र बेलाबेलामा उनीहरू भेट्नको लागि आउने जाने गर्न थाले।महिनामा त कहिले बीस बाईस दिनमा उनीहरू भेट्न गर्दथे।उनीहरूले केही वर्षपछि काठमाडौँमा गएर बस्ने र एउटा छोरा समेत जन्माउने निधो गरिसकेका थिए।

तर अचानक केटा सम्पर्क बिहीन भएपछि उनलाई शंका लाग्यो र उनी एकदिन नेपाली ट्याक्सीवालाकै ट्याक्सीमा चढेर केटाको कम्पनीसम्म पुगिन् तर त्यहाँ पुग्दा एकजनाले उसले त त्यहाँ कम्पनी छोडेर घर गैसकेको बताइदिए र उनी त्यसपछि आफूलाई सम्हाल्न नसकी रु’न क’राउन थालिन्।ट्याक्सीव लाले सम्झाउँदै ल्याए।

सुरुमा त केटाले बिहे चाहिँ घरमै गएर गर्नुपर्छ भन्दै थियो तर उनले मानिनन् किनभने अन्तरजातीय बिबाह त्यसमा झन् उनी पहिलेदेखि नै बिबाहित र पहिलेको घर समेत बिग्रेको भएका कारण आफूलाई अप्ठ्यारो हुनसक्ने भन्दै बिहे त्यहीँ गर्नुपर्ने भन्न लागिन् र अन्त्यमा त्यहीँ बिहे गर्ने निधोसमेत गरिन् र उनीहरूको बिहे पनि भयो।

सीताले आफूले बिहे गरेको फोटो सामाजिक संजालमा लगाइसकेकी पनि थिइन्।तर केटाले त्यतिबेला लगाउन नमानेको उनी बताउँछिन्।त्यसपछि उनी पनि त्यहाँबाट नेपाल आइन् र लगत्तै उनी केटाको घर खोजी गर्दै पुगीन् तर उनले आकाश घर आइनपुगेको र आफूहरूलाई केही जानकारी नभएको भन्ने खबर पाइन्।उनले यस अघि पनि आफूले आकाशसँग बिहे गरेको भनेर बताएकी थिइन्।

त्यसपछि उनी लगत्तै मिडियामा आइन्,उनले आफूलाई सम्हाल्न नसकेर आफ्नो हात समेत का’टे’र आ’त्म’ह’त्या’को प्रयास गरिन्।उनी भन्छिन्,”मलाई छोराहरूले पनि सोधे,ममी तपाईंले अर्को बिहे गर्नुभएको हो ? ” त्यसपछि उनले हो बाबू भनेर आफ्ना छोराहरू भन्नुपरेको पनि स्मरण गरिन्।कृपया उनै सीता लिम्बूसँगको सम्बादलाई पूरा हेर्नको लागि तल दिइएको भिडियो क्लिक गर्न नभुल्नुहोला।

भिडियो हेर्नूस् :

https://youtu.be/gOfBkGNYVQM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here