पहिरन लगाउने कुरामा प्रियंकालाई अरु नायिकाले नसक्ने नै भए, पहिरनमा सधै एक कदम अगाडि

0
7
पहिरन लगाउने कुरामा प्रियंकालाई अरु नायिकाले नसक्ने नै भए, पहिरनमा सधै एक कदम अगाडि

पहिरन लगाउने कुरामा प्रियंकालाई अरु नायिकाले नसक्ने नै भए, पहिरनमा सधै एक कदम अगाडि, बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा आयोजना भएको फिल्म ‘फूलबारी’को प्रिमियर कार्यक्रममा फिल्म क्षेत्रका धेरै कलाकार पुगेनन् । नेपाली फिल्म क्षेत्रले एकले अर्कालाई साथ दिने भन्ने त दुर्लभ कुरा नै हो । यस बिषयमा हामी अर्को समाचारमा चर्चा गरौंला ।

तर, फिल्मको प्रिमियर कार्यक्रममा नायिका प्रियंका कार्कीको पहिरनले भने सबैलाई मोहनी नै लगायो । कार्यक्रममा फिल्मका २ नायिका प्रियंका र शिल्पा मास्के मात्र उपस्थित थिए ।

तर, प्रियंकाले पहिरनको मामालामा आफू सधै नै एक कदम अगाडि रहेको पुष्टी गरिन् । आमा बनेपछि आफ्नो शरीरलाई फिट राख्न कुनै कसर बाँकी नराखेकी यी सुन्दरी निक्कै नै आकर्षक देखिएकी थिइन् ।

प्रियंकाले बिहे अगाडि पनि आफूलाई पहिरनको मामालामा सधै एक कदम अगाडि नै राख्दै आएकी हुन् । उनले, अझै पनि आफूमा पहिरनको सेन्स नगएको पुष्टी गरिन् । फिट शरिरमा उनले लगाएको आउटफिटले उनलाई अझै फिल्म क्षेत्रमा राज गर्ने हुटहुटी गएको छैन भन्ने वुझाउँछ ।

पहिरन लगाउने कुरामा प्रियंकालाई अरु नायिकाले नसक्ने नै भए, पहिरनमा सधै एक कदम अगाडि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here