MCC को बिरोध चर्किदै, हेमराज भन्छन् टाउको छि’नाउन तयार तर पास हुन दिन्नौ(भिडियो हेर्नुस)

0
116

मेलिनियम च्यालेन कर्पोरेसन (MCC) को बिरोध अहिले देशभर भै रहेको छ । सन २००४ मा स्थापना भएको अमेरिकी संस्था हो MCC, यसले विभिन्न मुलुकमा लागू भएको छ । हालसम्म ४९ देशमा लागू भएको MCC नेपालमा भने २०७४ भदौ २९ गते सम्झौता भएको थियो । जसबाट नेपालाई ५५ अर्व अनुदान रकम दिइने बताइएको छ ।

उक्त सम्झौतामा MCC ले ५५ अर्व र नेपाल सरकारले १४ अर्व लगानी गर्ने सम्झौता उल्लेख छ । उक्त रकम सम्झौता लागू भएको मितिबाट ५ वर्षमा उर्जा तथा यातायातमा परिचालन गरि सक्नु पर्ने उल्लेख सम्झौतामा छ । तर यो सम्झौता संसद बाट अनुमोदन गर्नु पर्ने उल्लेख भएकोले विभिन्न धारा र दफाहरुमा घुमौरो पारामा नेपालमाथी अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोग बन्द हुने कतिपयको भनाइ छ ।

MCC योजना संसदबाट अनुमोदन भए त्यो एउटा स्वतन्त्र र स्वायत्त संबैधानिक अङ्गका रुपमा मान्यता पाउने, परियोजनाका क्षेत्र भरी अमेरिकी कानुन लागू हुने र त्यससगँ बाझिने नेपालका कानुनहरु निर्ष्कृय हुने, एकपटक संसदबाट पारित भए पछि पुन संसदमा बिराधिनका लागि लैजान नपाउने इत्यादी कुराले नेपालको संविधान माथी नियन्त्रण गर्न खोजेको भनाइ छ ।

साथै परियोजनाको काम MCC नेपालको नियन्त्रणमा हुने र सरकारले त्यसको बारेमा जान्न चाहेमा MCC को स्वीकृत लिनु पर्ने उल्लेख छ । MCC मातहतका सम्पुर्ण निकाय स्वतन्त्र हुने त्यसमा नेपाल सरकारको कुनै सरोकार नहुने उल्लेख भएकाले यो राष्ट्रघाती भएको भनाइ उठ्दै आएको छ ।

अमेरिकी रोजगारी, उत्पादन, सुरक्षा इत्यादी कुरामा कुनै आँच आउने गरि नेपालले कुनै काम गर्न नपाउने सर्तहरु उल्लेख भएकोले यहाँ अमेरिकी समानान्तर सरकार बन्दैछ भन्ने तथ्य भएको कतिपयले उल्लेख गर्ने गरेका छन ।

अहिले संसदबाट MCC अनुमोदनका लागि प्रयास भै रहेको कुरा बाहिर आउने गरेको छ । यसैबिच MCC कि उपाध्यक्ष फातिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आएकी छिन

MCC को देशैभर बिरोध भैरहेकै बेला फातिमा नेपाल आउनुलाई निकै चासोको रुपमा हेरिएको छ । उनले नेपाल आएर विभिन्न दलका उच्च नेताहरुसँग भेट गरि सकेकी छिन् । यश कुरालाई जनताले राष्ट्रघाती MCC अनुमोदन गराउने चलखेलको रुपमा अर्थाएका छन ।

नेपालमा MCC को प्रगती विवरण बुझ्न उनी काठमाडौं आएको श्रोतको भनाइ छ । उनको भ्रमण हुने भएपछी सुरक्षा ब्यावस्था कडा बनाइएको छ । यसैबिच काठमाडौंको माइतीघर, बानेश्वर, एयर्पोर्ट लगायत ठाँउमा कालो झण्डा सहित प्रदर्शन भै रहेको छ । जसमा प्रहरिले हस्तक्षेप गरेको छ ।

MCC को विरोध गर्ने क्रममा स्वतन्त्र रुपमा अवाज बुलन्द गर्दै निस्किएका नागरिकहरूलाई प्रहरीले ला’ठी प्रहार गरि सक्त घाइते बनाएको छ।युवाहरूको यस आन्दोलनलाई नजर अन्दाज गरिए र MCC पास गर्न खोजे आफूहरू छातिमा गो’ली थाप्न तयार हुने तर MCC पास गर्न नदिने उनीहरूले बताएका छन्।

यसै बिच सामाजिक अभियन्ता हेमराज थापाले देशभरका आम देशभक्त नेपालीलाई बिरोध सभामा उत्रीन आह्वान गरेका छन । उनले अफगानिस्तानको उदाहरण दिदै ७५ हजार रहेको तालिवानले तीन लाख सेना भएको देश कब्जा गर्नुमा त्यहाको सेनाले देशप्रति गद्दार गर्नेहरुको साथ छोडिदिएको हुनाले सजिलो भएको बताए । त्यसैले नेपालमा पनि सुरक्षाकर्मीहरुले यस्ता राष्ट्रघाती गद्दार नेताहरुको साथ छोडेर जनतामाझ आउनु पर्ने बताए । अहिले देशैभर राष्ट्रभक्त नेपालीहरुले बिरोध गरिरहेको यसलाई अझ सशक्त बनाउन सबैलाइ आह्वान गरेका छन । आफुहरु म*र्न तयार भएको तर कुनै हालतमा MCC पारित हुन नदिने पनि बताएका छन । (भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here