प्रकाश सपूतको पहिलो फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक

0
3

काठमाडौं / नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । असोज १४ गतेबाट प्रदर्शनमा ल्याउने गरी फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा प्रकाश सपूत, केकी अधिकारी र बर्षा सिवाकोटी प्राथमिकतामा छन् । साथमा अभिनेताद्वाय दीलिप रायमाझी र प्रशान्त तामाङ्ग पनि प्रस्तुत छन् । दोहोरी ब्याटल, गलबन्दी र पिर जस्ता सृजनाबाट दर्शकको मन जितेका प्रकाश सपुत अभिनेताको रुपमा पहिलो पटक परदेशी २ मा देखिएका हुन् ।

फिल्ममा उनले पढाइको शिलशिलामा विदेशिएका नेपाली विद्यार्थीको भूमिका निभाएका छन् । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्मको कथा रमेश बिजीले लेखेका छन् । फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।

बि.बि. अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ । निर्देशक रायमाझीले परदेशीको सफलतापछि परदेशी २ ल्याएका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here