ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

0
32

सुनचाँदीको मूल्य घट्यो नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैँयाले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महास‍ंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८८ हजार ९०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ४५० कायम भएको छ ।

आइतबार र सोमबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार १०० कायम भएको थियो भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६५० कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि केही मात्रामा घटेको छ ।

अघिल्ला दिनहरूको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर आज प्रतितोला १ हजार १३५ निर्धारण भएको महासंघले जनाएको छ ।महासंघले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ ।

गत वर्ष कोरोनाका कारणले भएको लकडाउनको समयमा सुनचाँदीको कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here