कुलेन्द्र विश्वकर्मा र बिष्णु माझिले आवाज दिएको पल शाहले अभिनय गरेको नया गीत ‘मुटुमा माया छ’ बजारमा -भिडियो

0
3

काठमाडौं /

नेपाली लोक संगीतलाई निरन्तर अगाडी बढाउदै आएका अग्रज सर्जक तथा गायक पवन ओलीको लोक दोहोरी गीत ‘मुटुमा माया छ’ बजारमा आएको छ।लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली आफ्नै रहेको छ।

लोक दोहोरीमा पवन ओलिले केहि न केहि फरक शैली ल्याएकै छन जसको एउटा उदाहरण भनेकै यही गीत पर्दछ।पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतमा अभिनय भने अहिले प्रहरी थुनामा रहेका नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ भने निर्देशन मौसम हिमालीले गरेका हुन्। बिष्णु माझी बिशेष प्रेमिल गीत गाउने गायिका हुन् सोहि कारण पनि हुन सक्छ यो गीतले फरक माया पाएको छ।भिडियो हेरौ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here