गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल नजिकैको मेलम्ची चोकमा निकै दुख लाग्दो घ टना घटेको छ ।मेलम्ची चोकबाट करिब ५०० मिटर भित्र टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृ त्यु भएको छ ।
स्थानीय रोहन घिसिङको छोरी श्रीष्टी घिसिङ र श्रेया घिसिङको घ टनास्थलमै मृ त्यु भएको छ ।बुबासँग मोटरसाइकलमा स्कुल जाँदै गर्दा टिपरले ठक्कर दिएको थियो ।बुबा रोहनको पनि अवस्था निकै गम्भीर छ र उनी हस्पिटलमा आई सि यु मा उपचाररत छन् ।
ठक्करबाट ठाउँको ठाउँमै अन्य दुई बालिका भने जोगिन नसक्दा मृ त्यु भएको हो ।स्थानीयको अनुसार टिपरलाई पछाडि सार्दै गर्दा बाइकसँग ठक्कर हुन पुगेको र घ टना भएको कुरा बताएका छन् ।
भिडियो हेर्नुस् :
अन्य समाचार : काठमाडौं ।
संघ लोक सेवा आयोग (यूपीएसी) २०१६ की टपर टीना डाबी फेरि एक पटक चर्चामा छिन् । भारत, राजस्थानको अर्थ विभागकी सहसचिव टीना दाबीले २८ वर्षको उमेरमा दोस्रो विवाह गर्न लागेकी हुन् ।
उनले राजस्थानका आईएएस प्रदीप गावण्डेलाई आफ्नो नयाँ जीवनसाथी रोजेका छिन् । सन् २०१३ ब्याचका गावण्डे हाल राजस्थानको पुरातत्व तथा संग्रहालय विभागमा निर्देशक छन् । सामाजिक सञ्जालमा सक्रिय रहने टीना डाबीले आफ्नो नयाँ जीवनसाथीसँग धेरै तस्विर शेयर गरेकी छिन् ।
आईएएस टिनाले प्रदीप गावण्डेसँगको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘तिमीले दिएको मुस्कान मैले लगाएकी छु ।’ त्यसपछि उनीहरुको बिहेको चर्चा सुरु भयो । डाबी र गावण्डेको विवाह अप्रिलमा हुनेछ ।
उनीहरुले २२ अप्रिलमा जयपुरको एक होटलमा विवाह पार्टी दिनेछन् । टीनाले यसअघि सन् २०१८ मा आफ्नै ब्याचका आईएएस अफिसर अतहर अमिरसँग विवाह गरेकी थिइन् ।
यद्यपि, टीना र अतरले नोभेम्बर २०२० मा जयपुरको पारिवारिक अदालतमा स’म्ब’न्धवि’च्छेदको आवेदन दिएर एकअर्काबाट अलग हुने निर्णय गरेका थिए, त्यसपछि अदालतले अगस्ट २०२१ मा स’म्ब’न्धवि’च्छेदलाई स्वीकृत गरेको थियो । टीना डाबी सन् २०१५ मा आइएएस टपर भएदेखि नै चर्चामा आएकी थिइन् । त्यसपछि उनले सामाजिक सञ्जालमा विभिन्न प्रेरक पोस्ट सेयर गर्ने गरिन् ।
उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फ्लोइङ रहेको छ । उनका फलोअर्सको संख्या १४ लाख नाघेको छ । टीनाको जन्म भोपाल ( मध्य प्रदेश ) मा भएको थियो । तर, उनको परिवार जयपुरको हो ।















