अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए नेपाली युवा दिवेश पोखरेल !

0
24

अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए नेपाली युवा दिवेश पोखरेल ! नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनको अमेरिकन आइडलको यात्रा टप ७ बाटै टुंगिएको छ । हालै सार्वजनिक भोटिङ नतिजामा उनी टप ५ मा स्थान बनाउन असफल भएका छन् । ‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए ।

आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले भने उनलाई टप ५ मा पुर्याउन भने सकेन । अघिल्लो सिजनमा फस्ट रनर अप बनेका उनलाई महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले यो संस्करणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो । नेपालमा दुई एल्बम र केही गीत गाएपछि अमेरिका पुगेका दिवेश गत सालको अमेरिकन आइडलको उपविजेता बनेका थिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here