नयाँ वर्षमा घट्यो सुनको मूल्य, तोलाको कति ? २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
गत चैत ३० गते (बिहिबार) प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ।
युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।















