आज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ, आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो पनि, नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ८६ पैसा र बिक्री दर १३१ रूपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७४ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३६ पैसा र बिक्री दर १६३ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।















