दु:खद घटना यति धेरै हसाँउने आमाले संसार छाड्नुअघि यस्तो भनेकी रहिछिन(भिडियो हेर्नुस)

0
3

यो कुराकानी केही समय अगाडि दाङ जिल्लाको बङ्गलचुडी गाउँपालीका वडा नम्बर १ निवासी २००४ सालमा जन्मीएकी कुमारी रोक्का मगर नाम गरेकी एकदमै हसाँउने आमासँग भएको हो । यति धेरै हँसाउने आमाले आज संसार छाडेर गैसकेकी छिन ।

आमाले जिबितै रहँदा देखेका र भोगी आएका दुख र सुखका कुराहरु एकदमै सरल अनि हाँस्यास्पद शैलीमा ब्यक्त गरेको देख्दा तपाईं हाम्रा आँखामा आँसु नै पनि आउन सक्छ । दम रोगको शिकार भएकी आमाको ७५ बर्षको उमेरमा निधन भएको छ ।

कठै अहिलेसम्म काठमाडौं कस्तो छ त्यो पनि देखेको छैन भनेकी थिइन आमाले, आज काठमाडौं नै नदेखी स्वर्गारोहण भएकी छिन उनी । ४५ बर्षअगाडि कमाउन गएका श्रीमानको अहिलेसम्म कुनै अत्तोपत्तो नरहेको कुरा पनि उनले बताएकी थिइन ।

कान्छो छोरो १ बर्ष, माहिलो छोरो २ बर्षको र जेठो छोरो पाँच बर्षको छँदा घर छाडेर हिडेका श्रीमान अहिले जिउँदै छन कि म’रिसके भन्ने पनि अत्तोपत्तो नरहेको उनले बताएकी थिइन । हँसिली आमाका संघर्षका कथाहरु पनि केही कम भने छैनन ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here