मतदाता बोकेको गाडी दु”र्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृ”त्यु भएको छ। मृ”त्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।
दु”र्घटनामा घा”इते भएकाहरुलाई पोखरा पठाइएको छ। दु”र्घटनामा मृ”त्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रह”री कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
यस्तै,,प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
यस्तै,स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गरेकी छन् । उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो ।
उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनु भएको थियो । सुनुवार्नी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको जनाएको छ ।















