रमेश प्रसाई र नन्दाकी छोरीले आँखा देख्दिनन् भनेर छिमेकीले भनेपछि नन्दा र रमेशले छोरीलाई हतारिँदै तीलगंगा आँखा अस्पताल लगे,
तिलगंगाका डाक्टरले रमेश र नन्दाकी छोरीका आँखा ठिक भएको खबरले अहिले उनीहरुको परिवारमा खुशीयाली छाएको छ । रमेश र नन्दा दुवै दृष्टीविहिन भएता पनि उनकी छोरीले आँखा देख्न सक्ने डाक्टरको भनाईले उनीहरुको परिवार र आफन्तमा खुशीयाली छाएको नन्दाले एक अन्तरवार्तामा बताएकी छिन् । हेर्नुहोस् भिडियो
अन्य समाचार : काठमाडौं,
प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे ।
यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’















