शनिवार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई ॐ लेखि एक शेयर गर्दै आजको राशिफल पढ्नुहोस् । आजको पञ्चाङ्ग:-
बि.सं. २०७८ साल जेठ ८ गते शनिबार ई.सं.२०२१ मे २२, नेपाल सम्बत ११४१ बछलाथ्व दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल दशमी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५३ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । आज मोहीनी एकादशी व्रत र अन्ताराष्ट्रि जैवीक विविधता दिवस रहेका छन । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । हेर्नुहोस् तपाईकाे आजकाे राशिफल …..
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका कामले पनि निकास पाउनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछैन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिएला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। राेकिएकाे कामले अलमल्याउन सक्छ। टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयाेगले फाइदा दिलाउनेछ। समयमा मिहिनेत गर्दा केही काम बन्नेछ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँकार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। परिश्रमले दैनिकीमा परिवर्तन आउनेछ। बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। आलस्य गर्नाले अध्ययनमा कमै प्रगति हुनेछ। मिहिनेतले सीप र कला निखार्ने अवसर प्राप्त हुनेछ। आयस्रोत अलि कमजोर हुनाले नयाँ काम सुरुवात गर्न समय लाग्ने देखिन्छ। खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) तर्क र कूटनीतिले पछि परिए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला। सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। तर सानाे असावधानीले स्वास्थ्य समस्या आउन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या पर्न सक्छ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। सोचेको नतिजा तत्काल प्राप्त नभए पनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा पछिका लागि काम सहज बन्न सक्छ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। परिस्थितिले खर्च बढाउने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ। मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। तर केही काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आंशिक लाभ भए पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरू उपस्थित नहुन सक्छन्। गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला। काम पूर्ण नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ ।
राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । देशै भरी कोरो,ना शंकर्मण को संख्या बड्दो छ सबै सतर्क रहौ जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । हेर्नुस् ?️यो भिडियो सहित समाचार को पुरा भिडियो हेर्न यहाँ ?️?️तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला














