चालक छतबाट खसेकाे प्रकरणमा लामिछाने, चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला

0
1
चालक छतबाट खसेकाे प्रकरणमा लामिछाने, चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला

चालक छतबाट खसेकाे प्रकरणमा लामिछाने, चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुःखमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गर्नुभएकाे छ । आफ्ना गाडी चालक दिलबहादुर थापा छतबाट खसेर घाइते भएपछि त्यस घटनालाई लिएर विभिन्न टिप्पणी आउन थालेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत यस्ताे आग्रह गर्नुभएकाे हाे ।

लामिछानेले त्यस घटनालाई लिएर प्रहरी अनुसन्धानमै रहेकाले संवेदनशील घडीमा माैका नछाेप्न र चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउन भन्नुभएकाे छ । उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमएस (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ ।

प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईँलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला ।

स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नुहुन्छ भने मलाई सहने शक्तिमात्रै दिनु होला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछाेप्नु होला । https://www.facebook.com/100006065443699/posts/3390049097873905/?app=fbl

आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे थियाे । गोडामा र टाउकोमा चोट लागेका थापाकाे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here