जापानको टोकियो हिनो सिटीस्थित तामागावा नदीमा पौड़ी खेल्ने क्रममा आइतबार पानीमा डु”बेर मृ”त्यु हुने दुई जना बालकको परिचय खुलेको छ । पौड़ी खेल्ने क्रममा मृ”त्यु हुनेमा बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ६ चारौदी जामुनडाडाका १३ वर्षीय क्रिस पाण्डे र गलकोट चारौदीमा मामाघर भै बाँके ज़िल्ला कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय देवेन पाण्डे रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नाताले मामा भान्जा पर्ने ती बालक आइतबार बिदाको दिन पारेर बेलुका ४ बजेतिर पौड़ी खेल्न निस्केका र पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घ”टनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृ”त्यु भएको महानगरीय प्रहरी विभागले जनाएको छ ।
तीन महिना अघिदेखि परिवारसंगै जापानमा रहेर अध्ययन सुरु गरेका क्रिस आफ़नो बुवा खिम पाण्डे र दुई वर्ष अघिदेखि जापानमै अध्ययनरत देवेन बुवा दामोदर पाण्डे र आमा सरिता पाण्डेको साथमा टोकियोको ताचीगावा शहरमा बसदै आएका थिए ।
गल्कोट नगरपालिका वडा नं. ६ चरौदी जामुनडाँडा स्थायी ठेगाना भई हाल जापानको ताचिगावा सिटी निवासी बुबा खिम बहादुर पाण्डे तथा आमा स्व. मैना पाण्डेको छोरा क्रिस पाण्डे (१३ वर्ष) र कोहलपुर नगरपालिका वडा नं १२ बाँके स्थायी ठेगाना भई हाल जापानको ताचिगावा सिटी निवासी बुबा दामोदर पाण्डे र आमा सरिता पाण्डेका छोरा देविन पाण्डे (१४ वर्ष) खोलामा पौडीने क्रममा दुबै जना डुबेर असामयिक स्वर्गारोहणको खबरले हामी स्तब्ध भएका छौं ।
यस कठिन घडिमा मृतात्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भनि प्रार्थना समेत गर्दछौं ।मृतक द्वय बालकको निम्न मिति स्थान र समयमा श्रद्दान्जलि सभा तथा अन्त्यस्टी कार्यक्रम रहेको हुदा उपस्थितिका लागि सादर जानकारी गराउदछौ ।
मिति -२०२२/०६/२३ स्थान -Tachikawa-shi hagoromo-cho 3-20-19 , JR Nambu -Sen , Nishi -Kunitachi , 東京都立川市羽衣町3-20-18 , श्रद्दान्जलि सभा -बिहान ९:०० बजे , अन्त्यष्टी कार्यक्रम-बिहान १०:०० बजे , नाबि नम्बर :- ०४२-५२२-२७३०















