रुपन्देहीको तिलोत्तमा २, जानकीनगरकी अमृता खत्री टण्डनको शव ७३ दिनपछि शुक्रबार बिहान तिलोत्तमाको मगरघाटमा अन्तिम सं”स्कार गरिएको छ जसको जानकारी दाजु पुष्पक खत्रीले दिए। उनका अनुसार रिपोर्टमा विष सेवनले भित्री अंगमा असर गरेर मृ”त्यु भएको देखिएको छ ।
अमृताका माइती पक्षले उनको ह”त्या गरिएको भनी दिएको जाहेरीका आधारमा श्रीमानलाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने सासु र ससुरा २/२ लाख धरौटीमा छुटेका थिए ।
पुष्पकले भान्जाको लालनपालन तथा शिक्षाको सबै खर्च बेहोर्ने र बहिनीको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमतिपश्चात दाहसंस्कार बताए । ‘२ महिना १० दिन अस्पतालमा शव राखियो’, उनले भने, ‘रिपोर्ट पर्खिँदा समय लाग्यो, बहिनीको हत्या भएको पुष्टि भएन ।
Butwal-बुटवल , गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।
पाँचसय मिटरको दूरीमा रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि माइती पक्षले भने उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए ।
उनीहरुले अमृताको मृत्युमा श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।















