जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार बढी डोज को’रोना खो’प

0
13
जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार बढी डोज को'रोना खो'प

जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार बढी डोज को’रोना खो’प, जर्मनीले नेपाललाई को’भ्याक्स सुविधा अन्तर्गत को’भिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डो’ज खो’प उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खो’प गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो । प्राप्त खोपमध्ये जोनसन एण्ड जोनसन खोप एक डोज मात्रा लगाए हुने खोप हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार को’भ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको सहयोगमा उक्त परिमाणको खोप प्राप्त गरेको हो ।

खोप कसले पाउँछन्  ?

स्वास्थ्य मन्त्रालयका अनुसार प्राप्त भएका खो’प १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई दिइने छ । स्वास्थ्य मन्त्रालयले पुस ४ गतेदेखि बालबालिकालाई खो’प दिने योजना बनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले अन्य लक्षित समूहलाई पनि चाँडै नै खोप अभियान सञ्चालन गर्ने जानकारी दिइन् ।

कतिले लगाए खोप ?

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म लक्षित जनसंख्याको ४७.२ प्रतिशतले पूर्ण खो’प लगाइसकिएको छ । यस्तै लक्षित जनसंख्याको ५८.२ प्रतिशतलाई कम्तीमा एक डोज खो’प लगाइसकिएको छ ।

कुन जनसंख्याको ३८.२ प्रतिशतलाई कम्तीमा एक मात्रा र ३१ प्रतिशतलाई पूर्ण खो’प लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here