रुकुमको तकसेरामा ७ दिनदेखि ब्येपत्ता महिला मृ’त फेला –

0
2

काठमाडौं – रुकुममा एक महिला मृ”त अवस्थामा भेटिएको प्र”हरीले बताएको छ । जिल्लाको पुथा उत्तर गंगा गाउँपालिका ११ तकसेराको जंगलमा स्थानीय ३५ बर्षकी दुक्षी बुढा मृ”त अवस्थामा फेला परेको जिल्ला प्र”हरी कार्यालय रुकुमका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।

१९ गते हराएकी महिला आज आइतबार बिहान ११ बजे मृ”त अवस्थामा फे”ला परेको प्र”हरीले बताएको छ । शरिका विभिन्न भागमा चो”ट देखिएका कारण ह”त्या गरेको हुनसक्ने प्र”हरीले अनुमान गरेको छ ।
गोर्खा डेलि बाट

अन्य समाचार :
गोरखा : उत्तरी गोरखाको दुर्गम भेगमा खटिएका म्यादी प्रहरी बिरामी भएपछि सरकारले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका ३ पाङसिङ आधारभूत विद्यालयमा खटिएका म्यादी प्रहरी धार्चे ३ खोर्लाका बेलबहादुर घले बिरामी भएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

आइतबार कार्यस्थल पुगेका घलेलाई सोमबार बिहानदेखि पेटसम्बन्धी समस्या देखिएको थियो। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिलिम लगिएको तर निको नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको एसपी खनालले बताए ।

गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट म्यादी प्रहरीको तत्काल उद्धार भएको उनले बताए । ‘हामीले गृहमा जानकारी गरायौँ, अहिले उपचारका लागि काठमाडौं लगिएको छ,’ उनले भने ।

५१ वर्षीय घले निर्वाचन सामग्रीसहित टोलीसँग आइतबार मतदान केन्द्र पुगेका थिए । बिहानदेखि पेट दुख्ने समस्या भएपछि काठमाडौंबाट विषेशज्ञ चिकित्सकले भिडियो कन्फरेन्स गरेर बिरामीको अवस्था बुझेका थिए । सिर्दिबासमा उपचार सम्भव नभएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बतसँग सिमाना जोडिएको पालिका हो । त्यहाँ अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । दुर्गम भएकै कारण बिरामी हुँदा स्थानीयले हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here