हुम्लामा पहिरोले लियो कलिला चार बालबालिकाको ज्या’न

0
2

हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृ`त्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृ`त्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन ।

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । स्थानीय शाहीका अनुसार घाइते पाँच जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको श`व निकाल्न सकिएको छैन ।

यस्तै सर्लाहीको मलंगवामा स्कार्पियो गाडीको ठक्करबाट चार वर्षीय बालकको मृ`त्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १४ का हिरा लाल मण्डलको ४ वर्षीय छोरा निशान्त मण्डल रहेका छन् ।

उनको ना १ झ १७०० नम्बरको स्कार्पियो गाडीले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो ।छोराको मृत्युपछि आमा अस्पतालमै बेहोस बनेकी छन् । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।

गाडीले ठक्कर दिएपछि गम्भीर घाइते बालक निशान्तलाई उपचारका लागि सर्लाही अस्पताल मलंगवामा लगिएको थियो । तर अस्पतालले मृ`त घोषणा गरेको छ ।

यो पनि / हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गएको छ ।

अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहाेराले बताउनुभयो । खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर हुम्ला पुग्न नसकेपछि उहाँको उद्धार हुन सकेन ।

उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकप्टर पुनः सुर्खेतमै फर्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here