पल शाह आफ्नै म्यानेजरका का’रण अप्ठेरोमा ! किशोरीको साथीलाई ५० लाख अफर दिएको हुँ नमाने पछि ध’म्की दिएँ’

0
2

काठमाडौं । पल शाह घटना थप पेचिलो बन्दै गएको छ । शाहलाई उनकै म्यानेजरले गरेको ब्यवहार र उनले अदालतमा दिएको बयानले थप अप्ठेरो पार्ने देखिएको छ । पल शाह घटनामा उनका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन् । पलले केही समय अघि कृष्णलाई म्यानेजरवाट हटाएका थिए । तर पछि दोब्बर तलब दिएर फेरी म्यानेजर बनाएका थिए ।

त्यस पछि भने कृष्णले पलका लागि काम गरेको देखिएको छ । पल र गायीकाबीचको सम्बन्धलाई लुकाउन म्यानेजर जोशीले गायीकाको साथीलाई ५० लाखको अफर सहित आवश्यक सूचना दिन प्रलोभन देखाएको रहस्य खुलेको छ । नाबालिग गायीकाको निकट मित्र दुर्गा अधिकारीलाई जोशीले ५० लाख रकमको अफर गरेको खुलेको हो ।

ति किशोरीले कसलाई भेट्छिन्, के कुरा गर्छिन ? उनका बारेमा नराम्रा सूचना आफुलाई दिन र त्यस वापत पलवाट ५० लाख रुपैया दिलाउने आश्वासन दिएको खुलेको छ । मंगलबार तनहुँ अदालतमा बुझाइएको अभियोगपत्रमा दुर्गाले दिएको बयानमा जोशी गरेको उक्त अफर गरेको उल्लेख छ।

‘म गत साउन महिनामा घुम्न भनी काठमाडौं गई करिब २१ दिन पीडित नाबालिकाको कोठामा संगै बस्दा किशोरीले आफुलाई पलले कर णी गरेको कुरा खुलाएको उनले बयानमा भनेकी छन् । त्यतिबेला नै कृष्ण जोशीले मलाई तिमीले ति किशोरी कँहा जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसको बारेमा नराम्रा खबरहरू बुझेर हामीलाई खबर देऊ। तिमीलाई ५० लाख रुपैयाँसम्म रकम पल शाहबाट दिलाईदिन्छु। म्यूजिक भिडियो खेल्ने अवसर पनि दिन्छु भनी आश्वासन देखाएका थिए। तर, मैले जोशीले भने अनुसारको काम गरिनँ। त्यही कारण मलाई आक्षेप लगाई धम्की दिई म्यासेज पठाएका थिए।’

त्यो कुरा कृष्ण जोशीले पनि स्वीकार गरेका छन् । कृष्णको यस्तो स्वीकारोक्ति वयानले पल थप समस्यामा पर्ने देखिएको छ । तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ,’ कृष्ण जोशीले बयानमा भनेका छन्,‘तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर सनाखत गरेँ। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मा र्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ। उनले बयानमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here