एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी आकाशमै अ’स्ताइन, दुखमा हुर्केकी थीइन, सबै परिवारको खर्च एक्लै हेर्थिन (भिडियो सहित)

0
3

काठमाडौँ | सानै बाट सरल र सहयोगी भावना भएकी कृष्मी थापा जो तारा एअरको बिमान दुर्घटनामा परेर २२ जनासंगै आफ्नो ज्यान गुमाएकी थिइन् | नागरिकतामा कृष्मी भएपनि साथीहरुले उनलाई मनिषा थापा भनेर चिन्ने गर्थे |

सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी कृष्मी अब कहिल्यै फर्केर नआउने भएकी छन्।

साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली कृष्मीले आफ्नो जीवनमा भने धेरै दु:ख र संघर्ष गरेकी थिइन्। स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुन् भने आमा दलित परिवारकी। कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिए।हेर्नुस –

https://youtu.be/DMWVkttOqSA

यो पनि पढ्नुस : काठमाडौं :

मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखराविमानस्थलमा झारिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो ।

शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ ।

शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् ।

आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्क विहीन भएको थियो। उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here