मेसीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

0
125
मेसीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

मेसीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान ब्राजिलको इस्टेडीओ ओलिम्पिको पेड्रो लुडोभिको मैदानमा भएको खेलमा इक्वेडरलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४० औं मिनेटमा रोड्रीगो डी पलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले लियोनल मेसीले दिएको पासको सदुपयोग गर्दै गोल गरे । यस्तै खेलको ८४ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

उनलाई  गोल गर्न लियोनल मेसीले पास उपलब्ध गराएका थिए । मेसीले दुबै गोलमा असिस्ट गरे । यस्तै ९०+३ मिनेटमा मेसीले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ । कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here