निषेधाज्ञाबारे थप निर्णय गर्न, उपत्यकाका सीडीओहरुको आज बैठक बस्दै

0
244
निषेधाज्ञाबारे थप निर्णय गर्न, उपत्यकाका सीडीओहरुको आज बैठक बस्दै

काठमाडौं । निषेधाज्ञाबारे थप निर्णय गर्न, उपत्यकाका सीडीओहरुको आज बैठक बस्दै! आज दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । उक्त बैठकले आजदेखि थप क्षेत्रमा खुकुलो बनाउनका लागि निर्णय लिने बताइएको छ ।  पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । पसलहरुपनि खुला गरिएको छ ।

उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here