सवारी साधनमा यात्रा गर्दा बान्ता हुने समस्या छ ? यसरी पाउनुहोस सजिलै सँग छुटकरा!!

0
1
सवारी साधनमा यात्रा गर्दा बान्ता हुने समस्या छ ? यसरी पाउनुहोस सजिलै सँग छुटकरा!!
सवारी साधनमा यात्रा गर्दा बान्ता हुने समस्या छ ? यसरी पाउनुहोस सजिलै सँग छुटकरा!!

सवारी साधनमा यात्रा गर्दा बान्ता हुने समस्या छ ? यसरी पाउनुहोस सजिलै सँग छुटकरा!! लामो यात्रा वा छोटो यात्रा गर्दा बान्ता हुने समस्या प्राय मानिसहरुलाई हुने गदर्छ । यो समस्याले धेरै मानिसहरुलाई पिरलिरहेको हुन्छ । अझ बढि त गाडि चड्दा औषधिको सेवन धेरैले गरेका हुन्छन् ।

सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।यसलाई सामान्य तया भन्दा गाडी लाग्नु भनिन्छ । विशेषगरी गाडीमा यात्रा

गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ ।

तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ ।

यो औषधि प्रयोग गर्दा नि धेरैलाई बान्ता आउने समस्या रहेको हुन्छ् । यात्रा गर्नुअघि पेटभरि टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन ।

त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन ।

त्यस्तै, धेरैजनाको बानी यात्रामा किताब पढ्ने, मोबाइल चलाउने हुन्छ । यस्तो अवस्थामा पनि रिंगटा र बान्ताको समस्या देखिन्छ । बान्ता हुने मान्छेले सकभर अगाडिको सिट रोज्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म हल्का भोजन गर्नुपर्छ । दुग्धजन्य पदार्थ, अमिलो र गुलियो खानु हुँदैन ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here