गिँजा पा`केपछि सिकिस्त भएकी वडा सदस्य पदमकुमारीले गुमाइन ज्या`न..,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृ- त्यु भएको छ । दाँत दु`ख्ने समस्याले गिँजा पा`केपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृ“त्यु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको श“ ल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृ` त्यु भएको हो ।
जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृ- त्यु भएको उनका भाइ विजय नेपालीले बताए । लामो समयदेखि दाँत दु- ख्ने समस्याबाट ग्रसित उनको गिँजा का“ टेर पि“ प निकालिएको थियो ।
श“ ल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै ला- परबाही गरेको श्रीमान बलराम चर्माकारले बताए । नेपाली गत ३० वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटी सदस्य हुन् ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















