आज शुक्रबार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

0
1

कात्तिक १८ गते | आज शुक्रबार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे अन्तिम दिन आज (कात्तिक १८ गते) शुक्रबार
नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज शुक्रबार तेजावी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज शुक्रबार १० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here