काठमाडौं । असारदेखि सरकारले नि’षेधाज्ञालाई खुकुलो बनाउँने, यस्ता कुराहरुमा हुनेछ पूर्ण छुट! विश्वव्यापी म’हामारीका रूपमा फैलिएको को-भिड–१९ स’ङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले नि’षेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।
गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको नि’षेधाज्ञा यही जेठ मसान्तसम्म कायम रहनेछ । मुलुकभरका ७५ वटा जिल्लामा नि’षेधाज्ञा जारी गरिएको छ । उपत्यकामा जोर-विजोरको तयारी: काठमाडौं उपत्यकामा चाहिँ जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर-विजोर लगाउने विषयमा छलफल भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्नुहुन्छ, ‘यो मसान्तसम्म त नि’षेधाज्ञा जारी नै छ, त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको छ ।’ यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने उँहाको भनाइ छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइका साथ जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन अनुमति दिने तयारी गरिएको हो ।
निजी सवारी साधन र ट्याक्सीलाई चल्न दिने तयारी गरिए पनि सार्वजनिक सवारी साधनका विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन । स’ङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृ’त्युदरसमेत न्यून भएकाले नि’षेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।
को-रोना नियन्त्रण तथा रोकथामका लागि जारी नि’षेधाज्ञा तथा को-रोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन स’ङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ । को-रोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा स’ङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।
मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भन्नुभयो, “दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । नि’षेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालयको बुझाइ छ ।















