काराेबारकाे पाँचौ दिन आज (मङ्सिर १५ गते) बिहीबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ५ सय रुपैयाँले बढ्दै ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बिहीबार ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















