भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

0
2

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

जनकपुरधाम, १३ कात्तिक:मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।

केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए ।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनि कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ ।

अन्यब माचार :- धरानः धरान-६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् ।

किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् । विद्यालयमा भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री विद्यालय हुनुपर्ने बताइन् ।

विद्यालय तथा अन्य क्षेत्रमा किशोरीहरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर साmे कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको ।

स्नेहाले जिम्मेवारी पाएपछि आफ्नै विद्यालयको एकदिनको प्रधानाध्यापक हुन पाएकोमा खुशी प्राप्त भएको बताउँदै आफूमा भएको नेतृत्व, सीप, बोल्ने र विभिन्न चुनौतीसँग लड्न मानसिकरुपमै तयार भएको भन्दै भविष्यमा आफू मेहनत गरेर यस्तै पदमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभएपनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिलेदेखि नै यो जिम्मेवारी सम्हालेको झलकहरू रहेको र विद्यालय सधैं किशोर

किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन् । आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं ६ कि महिला वडा सदस्य देविका विश्वकर्माले किशोरीहरूलाई कमजोरीको रूपमा लिनु नहुने बताउँदै उनीहरुको योजना निर्माणदेखि कार्यान्वयन तहसम्मको भूमिका रहेने बताइन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १० औं अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here