१४ जना छोरा-छोरीको चिन्ताले निदाउन सक्दैनन कलाकार `इकु´, यस्ताे रहेछ कारण (भिडियो हेर्नुस) । टेलिश्रृङ्खला मेरी बास्सैमा इकु बनेर चर्चामा आएका आएका कलाकार शुलेमान शंकर इकु अहिले भूकम्प पीडित वालवालिकाको अभिभावक बनेका छन्
भूकम्पमा बाबु आमा गुमाएका १४ वालवालिकालाई आश्रय दिएका इकुले जोरपाटी मुलपानीमा स्नेहा आश्रम सञ्चालन गरेका छन् । आफ्नै कमाई र साथीभाईको सहयोगवाट आश्रम सञ्चालन भएको बताए । ‘खास डोनर छैन । आफैले कार्यक्रमवाट कमाएको पैसा र साथीहरुले दिएको खाद्यान्नवाट १४ छोराछोरी पालेको छु’ । जिन्दगीमा कसैका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्नेले इकुले अरु पनि त्यस्तै दुःख पाएका वालवालिका भेटेका छन् ।
तर, आफ्नो घर नहुँदा धेरै वालवालिका राख्ने सम्भावना नभएको धारणा राख्छन् ‘भाडामा घर लिँदा निकै समस्या हुँदो रहेछ । उनका केहि शुभचिन्तकहरुले आफ्नै टहरो बनाउन सुझाब समेत दिएका छन् । उनको चाहना छ । साथीभाईको सहयोग जुट्यो भने आउदो चैतसम्म एउटा भूकम्प प्रतिरोधी टहरो निर्माण गर्ने । आफ्नै टहरो भएपछि अरु पनि केहि छोराछोरी थप्ने उनको योजना छ ।
उनको आश्रममा केहि नयाँ गायक र अन्य शुभचिन्तकले जन्मदिन मनाउने, खाने कुरा लगिदिने गरेका छन् वेला बेलामा । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा धेरैको जिज्ञासालाई चिर्दै इकुले आफुले कलाकारिता छोडेको हो भन्ने बिषयमा पैष्ट पार । साथमा चाडवाड नजिकिदै गर्दा आफुलाई छोराछोरीको चिन्ताले सताउने पनि बताए । हेर्नुहाेस् बाँकि कुराकानि भिडियोमा:-















