काठमाडौँ | आज बालेन शाह मेयर घोषणा हुने दिन अहिलेसम्मकै ठुलो जनलहर उत्रिएको थियो तर मौसमले साथ् नदिदा सबैको भागाभाग भयो |
अब औपचारिक रुपमानै काठमाडौँ महानगरपालिकाको मेयर बनेका छन् बालेन शाह | तर मौसमको जानकारी नहुदा हजारौको संख्यामा उत्रिएका समर्थक बीच भागाभाग मात्र भएन कि पानि र हावाहुरीले गर्नु गर्यो |
विजय जुलुश नमनाउने तर धन्यवाद र्याली गर्ने भन्ने सोच बनाएका बालेन शाहको आजको इच्छा भने पुरा हुन सकेन | उनि आफ्नो अफिसियल पेजमा लेख्छन – स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ ।
जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ । हेर्नुस –
https://youtu.be/-o6XOPJMyA8















