तुलसीपुरमा मोटरसाईकलको ठ”क्करबाट बालकको मृ”त्यु

0
2

तुलसीपुरमा मोटरसाईकलको ठ”क्करबाट बालकको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ निबासी ११ बर्षका बालक सङकल्प बस्याल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा. ७ प ३६४९ नम्बरको मोटरसाईकलले दोघरेमा ठ”क्कर दिदा घाइते भएका बस्यालको कोहलपुरमा उपचारको क्रममा मृ”त्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो । मोटरसाईकल चालकलाई प्र”हरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकलले सोमबार दिउँसो एकबजे ठ”क्कर दिएको थियो । शान्तिदीप बाेर्डिङ स्कुलमा कक्षा ६ मा अध्यनरत बालककाे सवारी दुर्घ”टनामा परेर निधन भएपछि विद्यालयले एक दिन विद्यालय बन्द गरेकाे थियाे । यो पनि-रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले र कांग्रेससँग गठबन्धन गरेको विप्लव माओवादीलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ।
अध्यक्षमा धनबहादुर पुन मगरले ३४३९ मत ल्याएर जितेका छन् भने जित हात पारेका छन्।

उनका प्रतिद्वन्दी विप्लव माओवादीका पुस्तमन घर्तीमगरले १५२३ मत पाएर पराजित भए। उनको पार्टी दर्ता नभएकाले उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा ननकला घर्तीले ३४९२ मल ल्याएर जितेकी छन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कोमबहानदुर बुढ़ा १६११ मत ल्याएका छन्। यस्तै,काठमाडौंको शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका पराजित गर्दै उनले विजय हासिल गरेका हुन्। निर्वाचन आयोगका अनुसार नापितले ४७०० मत ल्याउँदा समाजवादीका उम्मेदवारले लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याएका छन्। यो पालिकामा कांग्रेस र समाजवादीबीच गठबन्धन थियो। उपमेयरमा कांग्रेसकी समिता श्रेष्ठले ६३६२ मत प्राप्त गर्दै जित हासिल गरिन्। राप्रपाकी विजय कुमारी वाईवाले ३२९८ मत ल्याएर दोस्रो भइन्।

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो। शङ्खरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ। वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानलसहित जितेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here